सन्दीपको विषयमा मुख्य प्रशिक्षक माेन्टी देसाइले भने- ‘फैसला आएपछि एक किसिमको रिलिफ हुन्छ’

सन्दीपको विषयमा मुख्य प्रशिक्षक माेन्टी देसाइले भने- ‘फैसला आएपछि एक किसिमको रिलिफ हुन्छ’

काठमाडौं : नेपाली क्रिकेट टीमका प्रमुख प्रशिक्षक मोन्टी देसाइले नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कप खेल्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल क्रिकेट संघको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै मुख्य प्रशिक्षक देसाइले उनले परिस्थितिजन्य कारणले सन्दीप ढिला पाकिस्तान जाने संकेत गरेका हुन्।

उनले भने, ‘हामी साउथ अफ्रिका जाँदा पनि सन्दीप ढिला आएका थिए। ऊ विश्वकप क्वालिफायरमा पनि गएको थियो। यो एउटा फरक परिस्थिति हो। यसलाई बुझ्नुपर्छ। हामीलाई थाहा छ कि ऊ एउटा च्याम्पियन क्रिकेटर हो। हामी ड्रेसिङ रुममा प्रार्थना गरिरहेका छौं कि सत्यको जित होस्। फैसला आएपछि एक किसिमको रिलिफ हुनेछ। फरक परिस्थितिको सामना गरिरहेको हुँदा उसलाई अलिकति स्पेस दिनुपर्छ। बीचमा उसको तारिख छ भन्ने सुनेको छु, जसमा उसले उपस्थित हुनुपर्छ। त्यसैले ढिलाइका लागि अनुमति दिनुपर्छ।’

त्यसअघि कप्तान रोहित पौडेलले सन्दीपको विषयमा एकिन जानकारी नरहेको भन्दै उनी अनुपस्थित भए टीममा ठूलो प्रभाव पर्नेसमेत बताए।

भदौ ५, २०८० मंगलबार १८:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।