प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

एजेन्सी : आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई १-० ले हरायो। 

अवोए म्याचमा कठिन जित हात पार्न आर्सनलले एक मात्र गोल पेनाल्टीमार्फत् गरेको थियो। कप्तान ओडेगार्डले खेलको ५३ औं मिनेटमा पेनाल्टीमार्फत् गरेको एक गोल नै आर्सनलको जितमा निर्णायक बन्यो।

यसपछि ६७ औं मिनेटमा टोमियासु रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा समेटियो। तर पनि क्रिस्टल प्यालेसले गोल फर्काउन सकेन।

भदौ ५, २०८० मंगलबार ०८:०३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।