सुनचाँदीको मूल्य स्थिर, आइतबारकै मूल्यमा कारोबार हुने

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ।
सोमबार पनि आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ प्रतितोलामा कारोबार हुनेछ।
यस्तै चाँदी सोमबार १ हजार ३९० रुपैयाँ प्रतितोलामा कारोबार हुने महासंघले जनाएको छ।
भदौ ४, २०८० सोमबार १०:४९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।