दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, राति भने धेरै भारी वर्षा हुने

दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, राति भने धेरै भारी वर्षा हुने

काठमाडौं : दिउँसो देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार  कोशी, बागमती, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा सम्भावना देखिएको हो।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहेर सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

यस्तै अहिले भने कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघगर्जन चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

यस्तै, राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

भदौ ४, २०८० सोमबार ०७:१७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।