संसद् गतिरोध खोल्न राष्ट्रपतिले बोलाएर सर्वदलीय बैठक

संसद् गतिरोध खोल्न राष्ट्रपतिले बोलाएर सर्वदलीय बैठक

काठमाडौँ : संसद् गतिरोध अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। उनले मङ्गलवार बिहान साढे ८ बजे राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक बोलाएका हुन्।

पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि अहिलेसम्म उनले सर्वदलीय बैठक राखेका थिएनन्। सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संसद् अवरुद्ध गराइरहेको छ।

सभामुख, प्रधानमन्त्री अनि नेपाली काङ्ग्रेससँगै राष्ट्रपति पौडेलले समेत एमाले अध्यक्ष केपी ओलीसँग संसद् खुलाउनेबारे गरेको छलफल सहमतिमा नपुगेपछि राष्ट्रपति नै सक्रिय भएका हुन्।

भदौ ३, २०८० आइतबार २१:००:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।