उकेराको बिजनेस निर्देशकमा नवराज नेपाल नियुक्त

उकेराको बिजनेस निर्देशकमा नवराज नेपाल नियुक्त

काठमाडौँ : उकेराको बिजनेस निर्देशकको रूपमा नवराज नेपाल आबद्ध भएका छन्। कान्तिपुर दैनिक, नागरिक दैनिक, नेपाललाइभ अनि स्वास्थ्य खबर डटकममा काम गरिसकेका नेपाल आइतबारबाट आवद्ध भएका हुन्।

उनलाई उकेरा डटकमको प्रकाशक संस्था पाथसिड नेपालका अध्यक्ष सुरेश ढकाल, उकेराका प्रधान सम्पादक केपी ढुंगाना लगायत उकेराकर्मीले आइतबार कार्यालयमा स्वागत गरेका थिए।

नेपाललाई स्वागत गर्दै अध्यक्ष ढकालले अनलाइन पत्रकारिताको भिडमा छोटो समयमा अलग पहिचान बनाउन सफल उकेराले नेपाल जस्तो अनुभवी सहकर्मी पाएकोमा खुसी लागेको बताए।

'अहिलेको पत्रकारितामा विश्वाससहितको व्यवसाय सबैभन्दा चुनौतीपूर्ण पक्ष हो। उकेराले प्रारम्भदेखि नै विश्वाससहितको पत्रकारिताको अभ्यास गरिरहेको छ' उनले भने' यसमा नेपाल जत्तिको अनुभवी सहकर्मी जोडिदा उकेराको विश्वसनीयता थप बढ्नेमा विश्वस्त छौँ।'

बिजनेस निर्देशक नेपालले देशको खस्कँदो आर्थिक अवस्थासँगै व्यावसायिक क्षेत्र र पत्रकारिता क्षेत्र बिच विश्वासको समेत सङ्कट देखिएको भन्दै दुवै क्षेत्रको संहितामा बसेर सह सहकार्यबाट अगाडि बढाउन आफू सक्रिय हुने बताए।

' पत्रकारिता क्षेत्र र उद्योग व्यवसाय एक आपसमा जोडिएको क्षेत्र हो। तर अहिले दुवै क्षेत्र सङ्कटमा छन्,' उनले भने' दुवै क्षेत्रको आ-आफ्नो संहिता छ। सोही अनुसार व्यावसायिक सम्बन्ध विस्तार गर्न मेरो प्रयास रहनेछ।'

उनले पछिल्लो समय पत्रकारिता भनेको उद्योगी र व्यवसायीलाई दुख मात्र दिने क्षेत्र हो भन्ने गलत सन्देश प्रवाह भएकाले त्यसलाई चिर्दै उकेराको व्यवस्थापन र सम्पादकीय समूहसँग सहकार्य गरेर उत्तम नतिजा ल्याउन आफू सक्रिय हुने बताएका थिए।

भदौ ३, २०८० आइतबार १८:३६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।