साताको पहिलो दिन शेयर बजार राताम्मे

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। आईतबार नेप्से २१.९९ अङ्कले घटेर २ हजार ११.१४ विन्दुमा झरेको छ।
सबै समूहको शेयर घटेकोमा आज होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
आज कृषि विकास बैंकको डिबेन्चर सबैभन्दा धेरै १० प्रतिशत र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतले घटेको छ।
समग्रमा बजार राताम्मे भएको दिन फरवार्ड लघुवित्तको शेयर साढे चार प्रतिशत र आरएसडीसी लघुवित्त तथा सानिमा लार्ज क्याप फन्डको शेयर चार प्रतिशतले बढेको छ।
आज दुई सय ६९ वटा कम्पनीका ४४ लाख ५९ हजार कित्ता शेयर किनबेच भएका छन्। ४३ हजार तीन सय पटक भएका कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।
सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको छ करोड ६३ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।
भदौ ३, २०८० आइतबार १६:०१:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।