संसद अवरोध हटाउन प्रधानमन्त्रीले बोलाएको बैठक पनि निष्कर्षविहीन

काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको छ।
१० साउनदेखि संसद अवरुद्ध छ। सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक सिंहदरबारमा बोलाएका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नैपर्ने अडान कायमै राखेपछिबैठक निष्कर्षविहीन बनेको हो।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोग वा समिति बन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान प्रभावित हुनसक्ने चिन्ता व्यक्त गरेका छन्।
सीआईबीले पाएको समय अब दुई साता मात्र छ । त्यसैले त्यो बेलासम्म हेर्ने कि भन्ने पनि छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले जानकारी दिए।
भदौ ३, २०८० आइतबार १५:०६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।