संसद्को अवरोध हटाउन शीर्ष नेताहरूबीच सिंहदरबारमा बैठक जारी
काठमाडौं : संसद्को अवरोध हटाउन अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त पार्टीका शीर्ष नेताहरूको बैठक बसिरहेको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले गरेको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका हुन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ।
अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै आएका छन्। तर दलहरूबीच सहमति नजुटेकाले आज दिउँसो १ बजे बोलाइएको संसद बैठक पनि बसेको छैन।
भदौ ३, २०८० आइतबार १३:५२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।