ग्यालेक्सी जेड फ्लिप ५-जेड फोल्ड ५ बारे जानकारी दिन रिटेलर मिट आयोजना

ग्यालेक्सी जेड फ्लिप ५-जेड फोल्ड ५ बारे जानकारी दिन रिटेलर मिट आयोजना

काठमाडौँ :  सामसङ नेपालले हालै बजारमा ल्याएको ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ बारे जानकारी दिन काठमाडौँमा रिटेलर मिट गरेको छ।

रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरूका साथमा कारोबार गर्ने ९०  भन्दा बढी व्यापारी साझेदारहरू उपस्थित थिए।

कार्यक्रममा हालै बिक्री सुरु गरिएको नयाँ मोडलहरू ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, ईमर्सिभ भिउइंग, सेल्फि लगायतका विशेषताहरूबारे जानकारी गराइएको थियो।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो।

कार्यक्रममा दिइएको जानकारी अनुसार यी दुवै मुख्य स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको र अत्यधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ। आर्मर अलुमिनियम फ्रेमहरू, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ ले ग्राहकलाई अपेक्षाकृत संरक्षण प्रदान गर्ने र फ्लेक्स हिन्जले थप विस्तार गरेको बताइयो।

भदौ २, २०८० शनिबार २१:५५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।