जितपुरको पहाडीटोलमा टिभिएस शोरुमको शोरुम

जितपुरको पहाडीटोलमा टिभिएस शोरुमको शोरुम

बारा : बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाइकलको शोरूमको स्थापना भएको छ। जीतपुरको स्वास्तिक ट्रेड एन्ड कन्सर्नले टिभिएसको आधिकारिक डिलर लिएर बिहीबार जीतपुरको पहाडीटोलमा शोरूमको उद्घाटन गरेको हो।

जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा लामिछानेले शोरूमको उद्घाटन गरेका थिए। अध्यक्ष शर्माले शोरूमको उद्घाटन गर्दै सञ्चालक र टिभिएस टिमलाई व्यवसायको सफलताको शुभकामना दिए।

करिब २ करोड २५ लाखको लागतमा सञ्चालनमा आएको टिभिएस मोटरसाइकलको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एन्ड कन्सर्न जीतपुरका सञ्चालक किरण पुरीका अनुसार जीतपुरको टिभिएस शोरूममा टिभिएसको नयाँ मोटरसाईकल, स्कुटर, पार्टस र सर्भिसिङ लगायतका सम्पूर्ण कामहरू हुने छ ।

कार्यक्रममा समाजसेवी कृष्णवर्त सिंह, टिभिएसको एच.ओ.डी ड्रोना संग्रोला, संतोस पारिक, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष घनश्याम गिरि, जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका महासचिव प्रकाश गिरि, टिभिएस सिमरा उद्योगका जि.एम. अशोक सरकार, टिभिएका आर्थिक शाखा प्रमुख राजकुमनर सर्राफि, लोजिस्टिक प्रमुख विशाल गुप्ता, पी.डी.आई इन्चार्ज श्रीकान्त राठोर, डिस्प्याच प्रमुख जितेन्द्र यादव, टिभिएसका आर.एम देवेन्द्र ढुङ्गाना, केशभ झा लगायतका सहभागी थिए।

भदौ २, २०८० शनिबार १७:४५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।