अन्तर्राष्ट्रिय युवा दिवसमा कोका–कोलाको यूथ डाइलग इभेन्ट

अन्तर्राष्ट्रिय युवा दिवसमा कोका–कोलाको यूथ डाइलग इभेन्ट

काठमाडौँ : अन्तर्राष्ट्रिय युवा दिवसमा कोका–कोलाको यूथ डाइलग इभेन्ट आयोजना गरेको छ। यूथ डाइलग कार्यक्रम काठमाडौँ डन बस्को कलेजमा भएको थियो।

ग्लोकल प्रालिले कार्यान्वयन गरेको कोका–कोला यूथ डाइलग इभेन्टमा ‘रोल अफ यूथ टुवार्ड्स सस्टेनेबल वल्ड’ सम्बन्धी छलफल भएको थियो।

कोका–कोला नेपालद्वारा सपोर्ट गरिएको उक्त कार्यक्रममा मक्कुसेको सिइओ तथा को–फाउन्डर अनुष्का श्रेष्ठ, वैद्य ग्रुपका फाइनान्स एन्ड एचआर डाइरेक्टर सृष्टि वैद्य र ग्लोबल सेपर्सका लागि क्युरेटर काठमाडौँ हब र कोका–कोला बेभरेज नेपालकी कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी म्यानेजर स्नेहा श्रेष्ठ प्यानलिस्टको रूपमा सहभागी थिए।

कार्यक्रममा एक सय भन्दा बढी विद्यार्थीहरू सहभागी भएका थिए।

भदौ १, २०८० शुक्रबार २२:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।