आइएमई लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा ६१९ जनाको रक्तदान

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।
सातै प्रदेशमा गरिएको कार्यक्रममा ६१९ जना रक्तदाता सहभागी थिए। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम गरिएको हो।
कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, वीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो।
रक्तदान शुक्रबार बिहान साढे छ बजेदेखि काठमाडौं लगायत सातै प्रदेशमा जीवन बीमाबारे जनचेतनाका लागि प्रभातफेरी कार्यक्रम गरिएको थियो।
२०७४ भदौ १ गतेदेखि इन्स्योरेन्सको कारोबार सञ्चालनमा आएको हो।
भदौ १, २०८० शुक्रबार २२:३०:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।