सांग्रिला मोटर्सले सिट्रोन इ–सिथ्री विद्धुतिय कार हस्तान्तरण  गर्‍यो

सांग्रिला मोटर्सले सिट्रोन इ–सिथ्री विद्धुतिय कार हस्तान्तरण  गर्‍यो

काठमाडौँ : नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले सिट्रोन इ–सी थ्रीको हस्तान्तरण सुरु गरेको छ।

सिट्रोन इ–सी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ। फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ। सिट्रोन इ–सी थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पिडमा गुडाउन सक्छ।

यो ईभीको टप स्पिड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई वटा ड्राइभिङ मोड रहेको कम्पनीले जानकारी दिएको छ।

एआरएआइका अनुसार सिट्रोन इ–सी थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने र डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यो डिसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनीले दाबी गरेको छ।

कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ। त्यसैगरि यसमा दिएको इलेक्ट्रिक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ।

सिट्रोन इ–सी थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने कम्पनीले दाबी गरेको छ।

लाइभ भेरियन्टको मूल्य ३२.९९ लाख र फिल भेरियन्टको मूल्य ३४.९९ लाख रहेको सिट्रोन इ–सी थ्री थापाथलीस्थित “ला मेजन सिट्रोन” शोरुममा उपलब्ध छ।

बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

भदौ १, २०८० शुक्रबार २२:२९:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।