सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्था छैन् : परिसंघ

सरकारले बढाएको न्यूनतम पारिश्रमिक दिन सक्ने अवस्था छैन् : परिसंघ

काठमाडौं : सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ।

सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर १७ हजार तीन सय पुर्याएको थियो ।

यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ। उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ।’

अर्थतन्त्र मन्दीमा रहेको र उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो अवस्थामा रहेको परिसंघले उल्लेख गरेको छ। 

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्ने भन्दै परिसंघले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदा हुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको बताएको हो।

भदौ १, २०८० शुक्रबार १७:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।