ग्लोबल आइएमई बैङ्कको बचतमा उच्च ब्याज दर, रेमिटेन्स बचतमा अन्यभन्दा २ प्रतिशत बढी

काठमाडौँ : ग्लोबल आइएमई बैङ्कले भदौको ब्याजदरमा व्यक्तिगत निक्षेपमा अधिकतम वार्षिक १०.८९६ प्रतिशत र संस्थागतमा अधिकतम वार्षिक ९.३९६ प्रतिशत दिने भएको छ।
वैदेशिक रोजगारीमा रहेकाहरूको आयआर्जन गरेका व्यक्तिहरूको कमाइलाई बैंकिङ्ग माध्यमबाट नेपालमा ल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको ग्लोबल आइएमईले बचत तथा मुद्दतीमा अन्य बैङ्कहरूले प्रकाशन गरेको ब्याजदर भन्दा उच्चतम ब्याजदर दिने भएको छ।
ग्लोबल आइएमई बैङ्कले प्रकाशित गरेको ब्याजदर अनुसार अन्य निक्षेपमा भन्दा रेमिटेन्समा २ प्रतिशत धेरै ब्याज दिने भएको छ।
रेमिट्यान्सतर्फ बचत निक्षेपमा वार्षिक ९.९६६ प्रतिशत र मुद्दती निक्षेपमा वार्षिक ११.८९६ प्रतिशत दिने ब्याजदरमा उल्लेख छ।
बैङ्कले सबै नेपालीको बचत खाता तथा सोचे जस्तै बैङ्क खातामा वार्षिक ७.९६६ प्रतिशत र ग्लोबल रेमिट बचत खातामा वार्षिक ९.९६६ प्रतिशत ब्याज दिने भएको छ।
मुद्दती निक्षेपतर्फ ३ महिना वा सो भन्दा धेरै अवधि भएका मुद्दती योजनाहरूमा ग्लोबल आइएमई बैङ्कले वार्षिक १०.८९६ प्रतिशत ब्याज दिने दर प्रकाशित गरेको छ।
उक्त मुद्दती योजनामा प्रकाशित ब्याजदर अन्य वाणिज्य बैङ्कहरूले प्रकाशित गरेको मध्य उच्चतम ब्याजदर हो। संस्थागत निक्षेपतर्फ बैङ्कले प्रकाशित ब्याजदर अन्य वाणिज्य बैङ्कहरूले प्रकाशित ब्याजदर मध्य अधिकतम देखिन्छ ।
न्यूनतम ६ महिना वा सो भन्दा बढी अवधि भएको संस्थागत निक्षेपमा वार्षिक ९.३९६ प्रतिशत ब्याज दर प्रकाशित गरेको छ। बैंकिङ्ग क्षेत्रमा आउने निक्षेपहरूमा बैङ्कको ब्याजदरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ।
भदौ १, २०८० शुक्रबार १५:००:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।