श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट १७ पुग्यो

काठमाडौँ : सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुर्याएको छ। साउन एक गतेदेखि लागु हुने गरी सो पारिश्रमिक लागु भएको हो।
बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको हो।
राजपत्रमा प्रकाशित सूचना अनुसार आधारभूत पारिश्रमिक १० हजार ८ सय २० र महँगी भत्तासहित १७ हजार पुगेको हो। यसअघि न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपैयाँ थियो।
दैनिक पारिश्रमिक ६६८ रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ पुगेको छ। आंशिक समयमा मात्रै काम गर्ने कामदारको प्रति घण्टा ९५ रुपैयाँ पारिश्रमिक पुगेको हो।
न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले कुनै रोजगार सम्झौता गर्न नपाइने सूचनामा उल्लेख छ।
साउन ३२, २०८० बिहीबार २१:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।