नेशनल फण्डले मुनाफाबाट ४.२१% लाभांश दिने

काठमाडौँ : नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट ४.२१% लाभांश दिने भएको छ।
साउन ३० मा बसेको सञ्चालक समितिको १५ औँ बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेशनल फण्ड २०७९ मङ्सिर २० गते स्थापना भई चैत्र २१ बाट नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था हो।
साउन ३२, २०८० बिहीबार २०:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।