चाडबाडका लागि एभरेष्ट बैंकले ल्यायो ‘फेस्टिभ बोनान्जा २०८०’, तोक्यो कर्जाको ब्याजदर

चाडबाडका लागि एभरेष्ट बैंकले ल्यायो ‘फेस्टिभ बोनान्जा २०८०’, तोक्यो कर्जाको ब्याजदर

काठमाडौं : एभरेष्ट बैंकले आउँदै गरेको चाडबाडलाई लिएर ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ सुरुवात गरेको छ।

भदौ १ गतेदेखि लागू हुने अफरमा न्यून ब्याजदरमा कर्जा सुविधा उपलब्ध हुनुका साथै सेवा शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका नायब महाप्रबन्धक गौरव कुमारकाअनुसार अफर अन्तर्गत घर कर्जा १०.७४ प्रतिशतको स्थिर ब्याजदरबाट सुरू हुनुका साथै घर निर्माणका लागि शत प्रतिशत लगानी रहनेछ।

सवारी कर्जा १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा पाइनुका साथै विद्युतिय सवारीमा ८० प्रतिशतसम्म बैंक फाइनान्स रहने छ। साथै व्यक्तिगत तथा संस्थागत प्रयोजनार्थ आकर्षक ब्याजदरमा शेयर कर्जासमेत उपभोग गर्न सकिन्छ।

तीन महिनाको लागि लागू हुने ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’मा कृषि साना तथा मझौला कर्जा आधार दर र १.५० प्रतिशतको प्रिमियम दरमा उपभोग गर्न सकिने बैंकले जनाएको छ।

साउन ३२, २०८० बिहीबार १९:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।