नेप्सेमा सामान्य सुधार, सोल्टी होटलमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार आएको छ।
बिहीबार नेप्से ८ अंकले बढेर २०३३ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स १ अंकले बढेर ३८७ विन्दुमा छ।
उपसूचकहरूमा पनि यसदिन हरियाली छाएको छ। म्युचल फन्डबाहेकका सबै उपसूचक बढेका छन्। सबैभन्दा बढी व्यापार समूह २.५३ प्रतिशतले बढेको छ।
नेप्से बढे पनि कारोबार भने घटेको छ। बुधबार दुई अर्ब आसपास कारोबार भएकोमा यसदिन २७१ कम्पनीका ४० लाख ९ हजार २६३ कित्ता शेयर १ अर्ब ५४ करोडमा कारोबार भयो।
यसदिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फन्ड र लिब्रटी इनर्जी कम्पनीमा सकारात्मक सर्किट लाग्यो।
कारोबारका हिसाबले सोल्टी होटल १३ करोडको कारोबार गर्दै पहिलो स्थानमा बस्यो। दोस्रो स्थानमा ७ करोडसहित आइएमई लाइफ इन्स्योरेन्स छ।
साउन ३२, २०८० बिहीबार १५:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।