बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि मेटलाइफको ४ लाख ७० हजार सहयोग

बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि मेटलाइफको ४ लाख ७० हजार सहयोग

काठमाडौं : मेटलाइफ नेपालले ललितपुरको सिद्धि मंगल माध्यमिक विद्यालयलाई ४ लाख ७० हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

त्यसका लागि कम्पनीले कारखाना समूहसँग साझेदारी गरेको छ। उक्त रकम नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाका मानसिक विकास गर्ने दिशामा महत्वपूर्ण कदम चाल्न प्रयोग हुने कम्पनीले जनाएको छ।

साझेदारीले विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला, र गणित क्लब स्थापना गर्ने र विद्यार्थीहरूलाई मेकिङ स्पेसभित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने कम्पनीको विश्वास छ।

श्री सिद्धि मंगल माध्यमिक विद्यालयमा मेकिंग स्पेसको सेटअप मार्फत, मेटलाइफले शिक्षक र बालबालिका दुवैलाई सैद्धान्तिक ज्ञान र आवश्यक उपकरणको उपलब्धताको साथ व्यावहारिक प्रयोगको बीचको खाडललाई कम गर्ने अवसर दिने कम्पनीले जनाएको छ।

शिक्षक र विद्यार्थी दुवैका लागि प्रयोगात्मक सिकाइ कार्यक्रमहरू डिजाइन र कार्यान्वयन गर्न विशेषज्ञ संस्था, कारखाना समूहसँग साझेदारी गरेर कम्पनीले प्राविधिक सीपहरूमा निपुण मात्र नभएर जटिल समस्याहरू समाधान गर्न पनि निपुण बाल आविष्कारहरूको पुस्ता र एक रचनात्मक मानसिकता सिर्जना गर्न चालेको कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए।

साउन ३२, २०८० बिहीबार १५:०६:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।