नेशनल फण्डले ४.२१ प्रतिशत लाभांश दिने

नेशनल फण्डले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं : नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभा‌ंश दिने भएको छ।

सञ्चालक समितिको साउन ३० गते रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

२०७९ मंसिरमा स्थापना भएको कम्पनी चैत २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड सञ्चालन गर्न इजाजत प्राप्त संस्था हो।

साउन ३२, २०८० बिहीबार १४:५३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।