इपिएलमा एनसेलको ‘एनसेल ईपीएल लिग’, पूर्वानुमान मिलाउने ग्राहकलाई पुरस्कार

काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३-२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ।
कम्पनीका अनुसार यस प्रतियोगिता अन्तर्गत सहभागी ग्राहकहरूले साप्ताहिक रूपमा र ईपीएल सिजनको अन्त्यमा तीन जनाले मुख्य पुरस्कार जित्ने मौका पाउनेछन्।
सहभागी एनसेल एप प्रयोगकर्ताहरूले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्। प्रतियोगितामा भाग लिन प्रयोगकर्ताहरूले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरू साप्ताहिक रूपमा भर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकहरूलाई साप्ताहिक रूपमा बोनस प्रश्न सोधिने र सही उत्तर दिएमा १० अङ्कसँगै केही पुरस्कार पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
मुख्य पुरस्कारका रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीवी डेटा सेवा पाउने र दोस्रो पुरस्कार विजयी ग्राहकले ६ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीवी डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जारी विज्ञप्तिमा उल्लेख छ।
त्यसैगरि तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रति महिना २५० जीवी डेटा तीन महिनासम्म पाउनेछन्।
विजेताहरूलाई उनीहरूको मन पर्ने टोलीको होम जर्सी र क्लबका सामानहरू प्रदान गरिने कम्पनीले जानकारी दिएको छ। यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभए सम्म अर्थात् १९ मे २०२४ (जेठ ६, २०८१) सम्म चल्ने विज्ञप्तिमा उल्लेख छ।
सबैभन्दा धेरै अङ्क ल्याउन सफल प्रतियोगिहरुलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कारहरू प्रदान गरिनेछ।
साप्ताहिक पुरस्कारमा पाँच भाग्यशाली साप्ताहिक विजेताहरूलाई सबैभन्दा बढी प्राप्त गरेको अङ्कको आधारमा ९९८ पर्ने कम्बो प्याक प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ।
यो प्याकमा नन स्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन २ जीवी डेटा र ४ सय अल नेट एसएमएस पाउन सक्नेछन्। यो २८ दिनको लागि मान्य रहन्छ।
विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत मार्फत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ। पूर्वानुमान गरेको स्कोर, नतिजा वा अङ्क प्रतियोगीमाझ जुध्न गएमा विजेता गोला प्रथाको आधारमा छनोट गरिनेछ। प्रतियोगितामा सहभागीहरूले विजयी टोली मिलाउन सफल भएमा ३ अङ्क र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा ५ अङ्क प्राप्त गर्दछन्।
यस प्रेडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहकहरू मात्र भाग लिन योग्य रहेको र ईपीएल खेलहरूको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिने कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
साउन ३२, २०८० बिहीबार ०५:४३:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।