घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको चौथो दिन सुनचाँदीको मूल्य घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको छ।

यस्तै तेजाबी सुनको मूल्य बुधबार १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार हुनेछ।

उता चाँदीको मूल्य पनि मंगलबारको तुलनामा तोलामा पाँच रुपैयाँ घटेको छ।

बुधबार चाँदी तोलको १ हजार ३७५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।

साउन ३१, २०८० बुधबार १०:३९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।