नेयमारले साउदीको क्बल अल हिलालबाट खेल्ने

नेयमारले साउदीको क्बल अल हिलालबाट खेल्ने

काठमाडौं : ब्राजिलका स्टार फुटबलर नेयमारले साउदीको अल हिलालबाट क्लब फुटबल खेल्ने भएका छन्।

पेरिस सेन्ट जर्मन (पीएसजी)बाट खेलिरहेका उनले साउदी क्बल अल हिलालसँग दुई वर्षको सम्झाैता गरेर त्यहाँ गएका हुन्।

सम्झौता अनुसार उनले वार्षिक ३०० मिलियन डलर प्राप्त गर्दा एडअन र कमर्सियल डिलमार्फत ४०० मिलियन पुग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पीएसजीमा जाँदा सन् २०१७ मा नेयमारले २०० मिलियन पाउन्डमा सम्झौता गरेका थिए। त्यतिबेलाको त्यो सर्वाधिक महँगो सम्झौता रहेको थियो।

यसअघि क्रिष्टियानो रोनाल्डो लगायतका अरू स्टार पनि त्यहाँ आइसकेका छन्। उनी साउदीको अल नासर क्लबमा आबद्ध छन्।

साउन ३१, २०८० बुधबार ०८:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।