बालुवाटारमा चौथो ब्रिटिस कप फुट्सल प्रतियोगिता हुँदै, १६ टिम सहभागी

काठमाडौं : चौथो ब्रिटिस कप फुट्सल प्रतियोगिता बुधबारबाट सुरु हुँदैछ। बुधबारदेखि बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा हुने प्रतियोगिता द ब्रिटिस कलेजले आयोजना गरेको हो।
टिमवर्क तथा स्र्पोर्टस्म्यानसिप बृद्धिको लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक ब्रिटिस कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले बताए।
प्रतियोगितामा आयोजकसँगै किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेश स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ईएस्एम्टी, सिल्भर माउण्टेन, प्राइम्, एपेक्स, नाथम, केसीएम र ब्रिटिस प्रोफेशनल कलेज सहभागी हुँदैछन्।
प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
प्रतियोगितालाई सभ्य र भब्य बनाउनका लागि कलेजले विभिन्न संस्थाहरूसँग सहकार्य गरेको छ। प्रतियोगिताको शीर्ष प्रायोजन ग्रेश इन्टरनेशनल कन्सलटेन्सीले गर्दा इन्स्योरेन्स पार्टनरको रुपमा नेको इन्स्योरेन्स लिमिटेड रहेको छ।
यस्तै, ई–कमर्श पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकूद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका छन्।
मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउण्डले पनि प्रतियोगिताको लागि सहकार्य गरेका छन्।
साउन ३१, २०८० बुधबार ०८:०९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।