७९ वर्षीया वृद्धाको गोरेटो बाटोमा बलात्कार, एक युवक पक्राउ
 
                    
                    
                    
                    बागलुङ : गोरेटो बाटोमा ७९ वर्षीया वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–६ रङगिला बस्ने २७ वर्षीय देवबहादुर कामी रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कामीले आइतबार साँझ सोही ठाउँस्थित गोरेटो बाटोमा ती वृद्धालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी निसीखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
साउन २९, २०८० सोमबार १८:५७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    