सुन तस्करीलाई कारबाही माग गर्दै एमालेले अवरोध गरेपछि भदौ ३ गतेलाई सर्यो संसद्
 
                    
                    
                    
                    प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरुद्ध गरेपछि प्रतिनिधिसभाको आजको बैठक कुनै पनि कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।
कांग्रेस सांसद सुनिल शर्माले आफूलाई सरकारले अनाहकमा दुःख दिएको र बिनाकारण थुनाएको भन्दै संसदको शुरुमै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका थिए।
सांसद शर्माले सरकार आतंकारी भएको अभिव्यक्ति दिएलगत्तै माओवादी सांसदहरूले आपत्ति जनाउँदै उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए।
त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले उठेर नाराबाजी सुरु गरेका थिए। सभामुख देवराज घिमिरेले शून्य समय सुरु गर्न एमाले सांसदहरूलाई आग्रह गरे पनि एमालेको नाराबाजी रोकिएन।
त्यसपछि सभामुख देवराज घिमिरेले संसद्को अर्को बैठक भदौ ३ गते बस्नेगरी संसद् बैठक स्थगित गरे।
साउन २९, २०८० सोमबार १५:२०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    