टक्सार महाशाखाले थाल्यो सुन गाल्न, भोलिसम्म सकिने
 
                    
                    
                    काठमाडौँ : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि सुनको मात्रा र गुणस्तर पत्ता लगाउने प्रक्रिया सुरु गरेको छ।
महाशाखाका प्रमुख थानेश्वर आचार्यले आजेदेखि सुन छुट्याउने काम सुरु गरिएको र भोलिसम्म सक्ने जानकारी दिए। सुन छुट्याइसकेपछि एक दिन सुन गाल्न समय लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम सुरु गरिने उनको भनाइ छ।
उनले सबै सरोकारवाला प्रतिनिधिको रोहबरमा सुन गाल्ने प्रक्रिया सुरु भएको जानकारी दिए।
राजश्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामंगलस्थित भन्सार कार्यालयबाट बाहिरिएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो। बरामद गरिएको सुनसहितको ब्रेक शु टक्सार महाशाखामा राखिएको थियो।
सुन बरामद भएको १९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिइएको थियो।
सीआईबीको पत्रपछि आजदेखि सुन गाल्नेलगायत प्रक्रिया सुरु गरिएको हो।
साउन २९, २०८० सोमबार १४:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    