सामसङको ‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ स्मार्टफोन नेपालमा आयो

सामसङको ‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ स्मार्टफोन नेपालमा आयो

काठमाडौं : सामसङको स्मार्टफोन ‘ग्यालेक्सी जेड फ्लिप५’ र ‘ग्यालेक्सी जेड फोल्ड५’ नेपालमा सार्वजनिक गरिएको छ। सामसङका सह उपाध्यक्ष सुङ जुन पार्क र निर्देशक प्रणय रत्न स्थापितले एक कार्यक्रमबीच संयुक्त रुपमा ती नयाँ मोबाइलहरुको अनावरण गरे।

दुवै फोनलाई धेरै टिकाउ बनाउन मुख्य स्क्रीन शक डिस्पर्शन तहका साथ जडान गरिएको छ। यसका साथै आर्मर अलुमिनियम फ्रेम र गुरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ।

लाइफ साइकल बढाउन हरेक फोन ५ वर्षको सेक्यूरिटि अपग्रेड र ४ पुस्ताको ओएस अपग्रेडको साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप ५ सेल्फ एक्सप्रेसनको लागि निर्मित पकेट साइजको मोबाइल हो। यो ८+२५६ जीबीमा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ४० हजार तोकिएको छ। 

ग्यालेक्सी जेड फोल्ड५ वाइड स्क्रीन र पातलो तथा हल्का फोल्ड गर्न मिल्ने फोन हो। यो फोन १२ जीबी मेमोरी सहितका २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध छन्।

ग्यालेक्सी जेड फोल्ड५ १२ं+२५६ जीबीको मूल्य २ लाख २७ हजार र ग्यालेक्सी जेड फोल्ड५ १२ं+५१२ जीबीको मूल्य रु.२ लाख ४० हजार कायम गरिएको छ।

साउन २९, २०८० सोमबार १३:२९:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।