कतिले मलाई भागे भनेर लेखेछन्, माधवकुमार गोली चल्दा पनि नभाग्ने मानिस हो : नेता नेपाल
 
                    
                    
                    
                    काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणको छानबिनमा आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।
युरोपबाट फर्किएपछि सोमबार विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफूलाई विदेशमै लुक्ने आरोप लागेपछि भ्रमण छोट्याएर आएको बताए।
‘कतिले माधवकुमार नेपाल भागे भनेर लेखेछन्। माधवकुमार नेपाल भाग्ने मानिस होइन। गोली चल्दा पनि नभाग्ने मानिस हो,’ उनले भने।
‘बालुवाटारको निवासभित्रको त्यो काम कुन प्रधानमन्त्रीको पालामा सुरु भयो भनेपछि सम्भवतः मेरो नाम अरुभन्दा अग्रपंक्तिमै पर्नेछ,’ उनले भने, ‘नबिराउनु नडराउनु भन्छन्। बिराएको छैन, भ्रष्टाचार गरेको छैन। बदमासी भएको विषयमा छानबिन होस् । त्यसमा मेरो सहयोगी भूमिका रहने छ।’
साउन २९, २०८० सोमबार ११:५८:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    