बाढीले बगाएर ल्याएको दाउरा खोज्न गएका तीन जना डुबेर बेपत्ता
 
                    
                    
                    
                      फाइल तस्वीर
                    
                    
                    
                    बर्दिया : बबई नदीमा दाउरा संकलन गर्ने क्रममा तीन युवक छुट्टाछुट्टै स्थानबाट डुबेर बेपत्ता भएका छन्।
बगेर बेपत्ता हुनेमा गुलरिया-१२ भैसाहीका ३० वर्षीय बालकृष्ण थारू, गुलरिया-२ का अक्षय चौधरी र महेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए।
बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिएका छन्।
साउन २८, २०८० आइतबार १९:०७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    