बालुवाटारमा माओवादी बैठक, मन्त्रिपरिषद् हेरफेरको तयारी
 
                    
                    
                    काठमाडौँ : बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्। जसका लागि बैठक राखिएको हो।
जारी बैठकमा माओवादी केन्द्रका पदाधिकारीहरूसँगै माओवादी मन्त्रीहरू पनि सहभागी छन्।
माओवादीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ।
यता जनमत पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। जनमतलाई सरकारमा ल्याउन सत्तागठबन्धन पनि राजी देखिएको छ।
साउन २८, २०८० आइतबार १६:५३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    