ओलीको प्रश्न : धेरै नाकाबाट सयौँ किलो सुन आएको छ, छानबिन गरौँभन्दा सरकार किन तर्सिन्छ ?
 
                    
                    
                    
                    काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा अोलीले धेरै नाकाबाट सयौं केजी सुन आएको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पछिल्लो समय धेरै राजस्व नउठ्नुको कारण अन्य धेरै नाकाबाट सुन आएको पुष्टि भएको बताएका हुन्।
‘देश यति अप्ठ्यारो र भयावह अवस्थामा छ। देशको सुशासन र अर्थतन्त्रमाथि प्रहार भइरहेको छ। मूल्यमान्यता सबैमाथि प्रहार भएको छ,' ओलीले भने, 'नाकाबाट सय किलो सुन आएको छ। पास भएको छ। फेला परेको छैन।'
एउटा खानतलासीमा सय किलो सुन निस्कन्छ। यो चुस्की लिने। पार्टीगत पक्षधरताको कुरा हो र ? ‘संसद अवरोध हामीले गरेको होइन। एउटा नाका होइन अरू नाकाको अवस्था के छ ? भन्सारबाट कारोबार हुँदैन। अन्तैबाट कारोबार हुन्छ। के हो राम्ररी छानबिन हुनुपर्यो। सरकारको संलग्नता छैन भने छानबिनबाट किन तर्सिन्छ ?
साउन २८, २०८० आइतबार १४:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    