सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायी प्रहरीको नियन्त्रणमा
 
                    
                    
                    
                    काठमाडौं : ललितपुरको जावलाखेलस्थित सिंचाइ विभागमा तालाबन्दी गरेर धर्नामा बसेका निर्माण व्यवसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
तालबन्दी गर्ने र धर्ना बस्ने भनी विभागमा गएका करिब ५० जना निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विभिन्न आयोजनाका बाँकी रकम भुक्तान हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, लगायतका माग राखेर निर्माण व्यवसायीहरु १४ साउनदेखि निरन्तर आन्दोलनमा छन्।
साउन २८, २०८० आइतबार १२:३२:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    