विशेष पत्रकार सम्मेलन गर्दै एमाले, संसद्को अवरोध र सुन प्रकरण बारे ओलीको सम्बोधन
 
                    
                    
                    
                    काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले आज (आइतबार) विशेष पत्रकार सम्मेलन गर्ने भएको छ।
संसद्मा जारी अवरोध र सुन प्रकरण बारेका विषयमा जानकारी गराउन एमालेले पत्रकार सम्मेलन गर्न लागेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।
पत्रकार सम्मेलनमा वर्तमान समसामयिक राजनीतिक अवस्थाको बारेमा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने उनले बताए।
पत्रकार सम्मेलन एमालेको केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे हुने बताइएको छ।
साउन २८, २०८० आइतबार ०९:४२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                    