
सोमबार ०२ भदौ, २०८२
कक्षा १२ को नतिजा नआउँदै त्रिविले खुलायो स्नातक प्रथम वर्षको भर्ना

काठमाडौँ : कक्षा १२ को नतिजा नआउँदै त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ।
त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०/०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो।
साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने सूचना त्रिविले निकालेको छ। कक्षा १२ को नतिजा भने साउनको अन्तिममा आउने सम्भावना छ।
साउन २५, २०८० बिहीबार ०८:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।