
शेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
मंगलबार नेप्से २८.४० अंकले घटेर २०१९.८५ विन्दुमा आइपुग्दा सेन्सेटि इन्डेक्स ४.८६ अंकले झरेर ३८५.५६ विन्दुमा रह्यो।
कारोबारका उपसूचकसमेत सबै राताम्मे रहे। सबैभन्दा बढी व्यापार समूह २.७ प्रतिशतले ओरोला लाग्यो।
बजार घट्दा कारोबार रकम पनि दुई अर्बभन्दा मुनि नै रह्यो। यसदिन २६५ कम्पनीका ४८ लाख ६० हजार ७४१ कित्ता शेयर १ अर्ब ७३ करोडमा कारोबार भयो।
स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडिया हाउसको शेयर १० प्रतिशतले उकालो लाग्दै सकारात्मक सर्किट हान्दा कारोबारका हिसाबले आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा बढी १७ करोडको कारोबार गर्यो।
साउन २३, २०८० मंगलबार १५:१३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।