हिमालयन ब्रोक्रेज र इसेवाबीच सेयर खरिदबिक्री सम्बन्धी सम्झौता

काठमाडौँ : हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र इसेवाबीच सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि सम्झौता भएको छ।
सम्झौतामा हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले हस्ताक्षर गरेका थिए।
यस सम्झौतासँगै लगानीकर्ताले हिमालयन ब्रोक्रेजमार्फत खरिदबिक्री गरेको सेयरको सेटलेमन्ट इसेवाको प्लेटफर्ममार्फत गर्न सक्नेछन् ।
सम्झौतासँगै लगानीकर्तालाई भुक्तानी सेवा प्रदायक संस्था इसेवाको प्लेटफर्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए ।
‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहज रूपमा सेवा प्रदान गर्ने हो,’ ढकालले भने, ‘सोही अनुरूप इसेवाजस्तो भुक्तानी सेवा सम्बन्धी ठुलो प्लेटफर्मसँग हिमालयन ब्रोक्रेजले सेटलेन्ट सेवाका लागि सम्झौता गरेको हो।’
लगानीकर्तालाई सहज रूपमा सेवा दिनकै लागि हिमालयन ब्रोक्रेजले डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नवीकरण शुल्क नलाग्ने सुविधा ल्याएको थियो।
अहिले मेरो सेयरको वार्षिक नवीकरण शुल्क १ सय ५० रुपैयाँ छ। तर हिमालयनले नेपालमै पहिलो पटक ९९९ रुपैयाँमा तिरेर डिम्याट खाता खोलेपछि आजीवन नवीकरण शुल्क नलाग्ने अफर ल्याएको थियो।
साउन १९, २०८० शुक्रबार १६:२८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।