
मंगलबार ०३ भदौ, २०८२
कौडाको खालमा बसेका २२ जना पक्राउ, ५ लाख ७० हजार रुपैयाँ बरामद

लमजुङ : मर्स्याङदी गाउँपालिका–९ डेरा गरी बस्ने सोही गाउँपालिका–३ घर भएका ४० वर्षीय धन बहादुर तामाङको कोठामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही गाउँपालिका–३ बस्ने ३६ वर्षीय मिनराज तामाङसहितका रहेका छन्। उनीहरूलाई बिहीबार राति पक्राउ गरिएको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ७० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
साउन १९, २०८० शुक्रबार १४:२९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।