ओलीलाई भेटेपछि रीमाको प्रतिक्रिया : केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो!

कलाकार रीमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओली वास्तवमै प्रभावशाली भएको बताएकी छन्।
हिजो ओलीलाई रीमाले बालकोटमै गएर भेटेकी थिइन्। ओलीसँगको भेटपछि केही तस्वीहरू उनले सामाजिक सञ्जालमा राखेकी छिन्।
फेसबुकमा उनले लेखेकी छन्, 'खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ। नेता केपी वलीका धेरै परिप्रेक्ष्यसॅग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चै वास्तवमै प्रभावशाली लाग्यो!'
'परिवर्तन रुचाउने नयाँ पुस्ताले यी पाका नेताको अनुभव पनि आत्मसाथ गर्न सके नयाँ नेपाल साँच्चै गज्जबको बन्थ्यो होला' उनले लेखेकी छन्।
यस्तै ओलीले पनि आज बिहान फेसबुकमा एक पोस्ट अपडेट गर्दै ओलीले लेखेका छन्, 'कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी !'
रीमा कुन कामले ओली भेट्न बालकोट गएकी हुन् त्यो भने खुलाएकी छैनन्।
साउन १९, २०८० शुक्रबार ०९:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।