अब कुनै पनि ब्राण्डको गाडीसँग हुण्डाईको गाडी एक्सचेन्ज गर्न सकिने

अब कुनै पनि ब्राण्डको गाडीसँग हुण्डाईको गाडी एक्सचेन्ज गर्न सकिने

काठमाडौं : कुनै पनि ब्राण्डको गाडीसँग अब हुण्डाई गाडी एक्सचेन्ज गर्न सकिने भएको छ। नेपालमा हुण्डाई गाडीहरुको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले यो नयाँ एक्सचेञ्ज अफर ल्याएको हो।

‘ह्विल्स अफ चेन्ज’ नामक यस एक्सचेञ्ज अफरमा ग्राहकहरुले आफ्नो कुनै पनि ब्राण्डको गाडी हुण्डाईको इन्धनयुक्त वा विद्युतिय गाडीसँग साट्न सक्नेछन्।

श्रावण १८ गतेबाट सुरु भएको यो योजना हुण्डाई नेपालले ५ कार एक्सचेन्ज विक्रेताहरुसँगको साझेदारीमा ल्याइएको हो।

 जस अन्तर्गत काठमाडौं अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज् र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज् एक्सचेञ्ज पार्टनर्सहरु रहेका छन्।

नेपाल भरी नै लागू हुने यो योजनाका लागि उपत्यका बाहिरका लागि भने हुण्डाईको शोरुममा सेवा उपलब्ध हुनेछ।

यो योजनामा हुण्डाईको विभिन्न उपलब्ध मोडलहरुमा ५ लाखसम्मको नगद छुट, १ लाख ५० हजारसम्मको एक्सचेञ्ज बोनस र २५ हजारसम्मको एसेसरिज पनि प्राप्त गर्न सकिनेछ।

एक्सचेञ्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारहरु पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु र ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ।

साथै सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ। 

साउन १८, २०८० बिहीबार १३:२०:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।