मेस्सीको उत्कृष्ट २ गोलमा इन्टर मियामीको शानदार जित

मेस्सीले ७ र ७२ औं मिनेटमा शानदार गोल गरेपछि इन्टर मियामीले ओर्लान्डो सिटीमाथि ३-१ गोलअन्तरको महत्वपूर्ण जित निकालेको छ।
नेपाली समयअनुसार बिहीबार बिहान भएको लिग्स कपअन्तर्गतको खेलमा मियामीलाई जित दिलाउन जोसेफ मार्टिनेजले दोस्रो हाफको ५१ औं मिनेटमा पेनाल्टीमार्फत थप एक गोलको योगदान पनि दिए।
सिटीका लागि भने केसर अराउखोले ७ औं मिनेटमा एक गोल गरे। निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयमा उनले अर्को गोल थपे पनि उक्त गोल अफसाइट देखिएको थियो।
खेलअवधिभर मेस्सीको क्लब मियामी सिटीमाथि हाबी देखिएको थियो।
फ्रान्सको लिग छाडेर अमेरिकाको इन्टर मियामी आबद्ध भएयता मेस्सीले कुनै पनि खेलमा पराजय भोगेका छैनन्। यद्यपि उनी आबद्ध क्लब मियामी लिगको पुछारमा छ।
योसँगै मियामी लिग्स कपको अन्तिम १६ मा पनि प्रवेश गरेको छ।
साउन १८, २०८० बिहीबार ०९:२२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।