डोनाल्ड ट्रम्पमाथि २०२० को चुनावको नतिजा पल्टाउने प्रयास गरेको अदालतको आरोप

डोनाल्ड ट्रम्पमाथि २०२० को चुनावको नतिजा पल्टाउने प्रयास गरेको अदालतको आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि अमेरिकाको एक अदालतले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन प्रयास गरेको भन्दै अभियोग लगाएको छ।

यद्यपि, ट्रम्पले सामाजिक सञ्जालमा आफूमाथि अभियोग लाग्ने पहिल्यै बताइसकेका थिए। 

विदेशी सञ्चारमाध्यमका अनुसार वासिङ्टन डीसीमा रहेको संघीय ग्रान्ड ज्युरीले ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ गरेको थियो।

विशेष वकिल ज्याक स्मिथको तर्क र प्रमाणहरू जाँच गरेपछि अदालतले बुधबार ट्रम्पलाई राष्ट्रपति चुनावको नतिजा बिथोल्ने प्रयास गरेकोमा दोषी ठहर गरेको छ।

हालै ट्रम्पले आफूलाई एउटा चिठी प्राप्त भएको बताएका छन्, जसमा उनी अनुसन्धानको क्रममा रहेको लेखिएको छ। यसको अर्थ आफूमाथि मुद्दा चल्न सक्ने उनले बताएका छन्।

तर ट्रम्पले सोधेका छन्- ज्याकले साढे २ वर्ष पहिले यस्तो किन गरेनन् ? किन यति लामो समय पर्खिए ?

विशेष काउन्सिल ज्याक स्मिथले ट्रम्पविरुद्ध लगाएको आरोप यस्तो छ 

१ अमेरिकालाई धोका दिने षडयन्त्र
२ सरकारी कामकाजमा अवरोध गर्ने षड्यन्त्र
३ आधिकारिक कार्यमा अवरोध
४ सरकारी काममा बाधा पुर्याउने प्रयास
५ अधिकारीहरु विरुद्ध षड्यन्त्र

साउन १७, २०८० बुधबार १३:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।