कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज सपथ ग्रहण गर्ने

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज सपथ ग्रहण गर्ने

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छन्। 

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका थिए। 

बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन्।

उनले आजै मन्त्रिपरिषद् विस्तार गर्ने पनि तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको तयारी भएको जनाएको छ। 

सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि थापाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। उनी दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन्। यसअघि सभामुखको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए। 

तर, सर्वोच्च अदालतले सभामुखको समर्थनमा सरकार बनाउन नपाउने भन्दै उनको नियुक्ति बदर गरिदिएको थियो।

साउन १७, २०८० बुधबार ०९:४८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।