सेवाग्राहीसँग घुस लिएको आरोपमा सम्सी गाउँपालिकाका लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल रोशनकुमार राउतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राउतले कोभिड-१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्नपश्चात उक्त कार्यक्रमको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएपछि आयोगले असार २० गते नियन्त्रणमा लिएको थियो।
राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा १ लाख २५ हजार रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) कैद सजाय माग दाबी गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
राउतविरुद्ध हिजो सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
साउन १६, २०८० मंगलबार ०९:४६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।