विजयपुर खोलाको बाढीमा फसेका चार जनाको उद्धार

विजयपुर खोलाको बाढीमा फसेका चार जनाको उद्धार

पोखरा : कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित विजयपुर खोलामा फसेका चार जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

निर्माणाधीन पानी ट्याङ्की बोरिङको प्रतीक्षालयमा बसिरहेको अवस्थामा अविरल वर्षाको कारण एक्कासि आएको बाढीमा उनीहरू फसेका थिए।

प्रहरीले २३ वर्षीय प्रेम सुनार, ४० वर्षीय सुदिप गुरुङ, २८ वर्षीय अर्जुन विक र १९ वर्षीय क्षितिज नेपालीको उद्धार गरेको हो।

सशस्त्र प्रहरी बल समाचार कक्षका अनुसार चार जना सर्वसाधारण फसेको जानकारी आए लगत्तै उद्धारमा २४ नम्बर कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली खटिएका थिए।

साउन १४, २०८० आइतबार १६:५९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।