तमिलनडुको पटाखा कारखानामा विष्फोट, ८ जनाको मृत्यु

भारतको तमिलनाडुको कृष्णगिरी जिल्लामा शनिबार एउटा पटाखा उत्पादन कारखानामा विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ। जसमा तीन महिलासहित छन्।
जिल्लाको पजयापेट्टईमा रहेको पटाका उत्पादन इकाइमा बिहान १० बजेतिर भएको प्रहरीले जनाएको छ। २ जना महिला मजदुरले पटाका बनाउन प्रयोग हुने बारुद बोकेर हिँडेका थिए। त्यसपछि विस्फोट भएको जनाइएको छ।
त्यहाँ १२-१५ जना कामदार काम गरिरहेका थिए। तीमध्ये धेरै घाइते भएका छन्। घाइतेको यकिन संख्या भने आउन बाँकी छ।
विष्फोटबाट भएको आगलागीले छेउछाउका घर र पसलमा समेत क्षति पुगेको छ। तीन घरमा क्षति पुगेको छ। नजिकैको होटलको पर्खालसमेत भत्किएको छ।
प्रहरी, दमकल र उद्धार कार्यमा खटिएकाहरूले घाइतेहरूलाई अस्पताल लगेका छन्।
यसअघि मंगलबार विरुधुनगर जिल्लाको शिवकाशी सहरमा रहेको पटाका उत्पादन कारखानामा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको थियो।
साउन १३, २०८० शनिबार १६:२५:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।