स्टेजमै रोए सनी देओल, अमिषाले पुछिदिइन् आँसु

स्टेजमै रोए सनी देओल, अमिषाले पुछिदिइन् आँसु

सन्नी देओल र अमिषा पटेलको बहुप्रतिक्षित फिल्म 'गदर २' को ट्रेलर २६ जुलाईमा रिलिज भएको छ।

हिजो राति मुम्बईमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। जहाँको एउटा भिडियो यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। जसमा सनी कार्यक्रममा भावुक भएको देख्न सकिन्छ। 

भिडियोमा सनी र अमिषा स्टेजमा देखिएका छन्।

ट्रेलर लन्चमा सनी देओल 'तारा'को गेटअपमा पुगेका थिए भने अमिषा 'सकिना'को गेटअपमा पुगेकी थिइन्।

स्टेजमा पुग्ने बित्तिकै सनी फ्यानहरूलाई देखेर रोएका थिए। यस क्रममा अमिषाले सनीको आँसु पुछिदिएकी थिइन्। सामाजिक सञ्जालमा यो भिडियोलाई फ्यानहरूले निकै रुचाएका छन्।

'गदरः एक प्रेम कथा' सन् २००१ मा रिलिज भएको थियो। २२ वर्षपछि फिल्मको सिक्वेल आउन लागेको हो। सन्नी देओलले फिल्म गदरमा तारा सिंहको भूमिका निभाएका थिए। अहिले फेरि तारा सिंहको रूपमा फर्किएका छन्।

फिल्ममा सनी र अमिषासँगै उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा देखिनेछन्। 'गदर २' अगस्ट ११ मा हलमा रिलिज हुँदैछ।

साउन ११, २०८० बिहीबार १४:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।