सुन तस्करीमा जरैसम्म अनुसन्धान हुन्छ, ठूला-साना कोही पनि उम्कन पाउँदैनन् : गृहमन्त्री श्रेष्ठ

गोरखा : गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन्।
प्रेस सेन्टर नेपाल गोरखाद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो पटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढङ्गबाट अनुसन्धान गरिरहेको उल्लेख गरे। ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु, दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन,’ उनले भने।
‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौं,’ उनले थपे। तथ्य र प्रमाणका आधारमा मात्र पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उनको भनाइ थियो।
उनले भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने बताए। पछिल्लो समय सरकारले थालेको भ्रष्टाचार विरुद्धको अभियानले नेपाली समाजमा आशा र विश्वास पैदा गरेको श्रेष्ठले उल्लेख गरे।
साउन ९, २०८० मंगलबार १३:४४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।